पीएचडीका लागि एमाले उपाध्यक्ष पाण्डेले निकाले १ नम्बरमा नाम, पत्नी तेस्रोमा


२०८२ श्रावण २७ मंगलबार २१:१३ बजे

काठमाडौं । पढ्नका लागि उमेर वाधक हुँदैन । जसको उदाहरण बनेका छन् एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे। ६७ वर्षमा हिँडिरहेका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पाण्डेले उत्कृष्ट नतिजासहित आफ्नो शैक्षिक योग्यतामा बढोत्तरी गरेका छन् ।

उनी समाजशास्त्रतर्फ एमफिल (दर्शनाचार्य) का दुवै सेमेस्टरमा सर्वोत्कृष्ट बनेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।पाण्डेसँगै एमफिल पढेकी उनकी पत्नी पूर्णशोभा चित्रकारले पनि तेस्रो नम्बरमा नतिजा ल्याएकी छन् ।

पाण्डे दम्पती शैक्षिक वर्ष २०८०/८१ मा समाजशास्त्र विभागमा एकसाथ भर्ना भएका थिए । उनीहरुसँगै ३३ जनाले एमफिल अध्ययन गरेको त्रिविका समाजशास्त्र विभाग प्रमुख डा. पासाङ शेर्पाले जानकारी दिए ।

त्रिविमा समाजशास्त्रको एमफिल अध्ययनका लागि अन्तवार्तामा पाण्डेलाई सोधिएको थियो, ‘तपाईं नियमित कक्षामा आउनु हुन्छ ?’ पाण्डेले भनेका थिए, ‘सकेसम्म नियमित आउँछु ।’

पाण्डे शैक्षिक वर्ष २०८०/०८१ मा समाजशास्त्र विभागमा यसरी भर्ना भएका थिए । अन्ततः उनी एमफिल उत्तीर्ण भए । समाजशास्त्र विभागका प्रमुख पासाङ शेर्पाका अनुसार पाण्डे पीएचडीका लागि पनि सीधै छनोट भएका छन् ।

‘कक्षामा अरुभन्दा रेगुलर आउनु भयो । दिएको असाइन पनि समयमा बुझाउनु भयो । पूर्वमन्त्री भन्ने भान भएन,’ शेर्पाले सुनाए । उनको ब्याचमा ३३ जना विद्यार्थी अन्तिम परीक्षामा सहभागी भएका थिए । त्रिविको नियम अनुसार एमफिलबाट सीधै ५ जना पीएचडीमा जान पाउँछन् । तर त्यसका लागि प्रकिया भने पूरा गर्नुपर्ने हुन्छ ।

‘डिन कार्यालयको नियम अनुसार पहिलो दोस्रो सेमेस्टरको नतिजा, पब्लिकेसन र पहिलाको सर्टिफिकेट पनि हेरेर सीधै पीएचडीको लागि छनोट गरिन्छ । ग्रेडिङ हेरर पठाउँदा उहाँको नाम पहिलो नम्बरमा निस्केको हो,’ शेर्पाले भने ।

५ जनाले सीधै पीएचडीमा प्रवेश पाउनेमा जम्मा ४ जनाले मात्र आवेदन दिएका थिए । अब पाण्डेले एमफिलको थेसिस नगरी सीधै पीएचडीको थेसिस गर्दा हुन्छ । पाण्डे दम्पती एकै वर्ष त्रिविमा भर्ना भएका थिए । त्यसैगरी हेलिना राईले दोस्रो र गोपाल रानाले चौथो नम्बरमा नाम निकालेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७