प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन नेपाल आइपुगे भारतीय  विदेश सचिव मिश्री


२०८२ भदौ १ आइतबार १०:५२ बजे

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आज आएका हुन् ।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् । भारतले प्रधानमन्त्री ओलीलाई यही भदौ ३१ देखि असोज १ गतेसम्मका लागि आफ्नो देश भ्रमण गर्न प्रस्ताव गरे पनि मिति तय हुन बाँकी छ । 

दुई दिनका लागि नेपाल आएका भारतीय विदेश सचिव मिश्रीले अब प्रधानमन्त्री ओलीसँग भेटेर आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् । नेपाल भ्रमणका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्किने छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७