नारायणगढ–मुग्लिन सडक खुल्यो


२०८२ भदौ १ आइतबार ०८:३२ बजे
फाइल फोटो

चितवन । सुक्खा पहिरोले खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

दुई ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आएपछि सवारी साधन  गन्तव्यमा लागेका छन् । पहिरोमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६–००३ प ३८१६ नम्बरको स्कुटरमा माथिबाट खसेको  ढुङ्गाले लागेको थियो । त्यसक्रममा  स्कुटरमा रहेका चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७