खेतमा लगाएको तारबारबाट करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु 


२०८२ भदौ १ आइतबार ०८:३७ बजे

सप्तरी । सप्तरीमा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी सरदार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद काफ्लेका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जनावरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७