भदौंका लागि थप घट्यो ब्याजदर, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.५८ प्रतिशत विन्दुमा झरेको छ ।
यो ब्याजदर साउन महिनामा ५.६९ प्रतिशत विन्दु रहेको थियो । ब्याजदर बढाउनेमा प्रभु बैंक रहेको छ । घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंक रहेका छन् । अन्य बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ ।
भदौमा कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२० प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एभरेष्ट बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत दिँदा संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।
हेर्नुस् कसको कति ब्याजदर ?