गृहमन्त्रीले न्यायाधीशलाई नै धम्क्याएको निकिता पौडेलको आरोप


२०८२ श्रावण २८ बुधबार १२:२२ बजे

काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखकमाथि अदालतमा चलिरहेको मुद्दामा हस्तक्षेप गरेको आरोप लगाएकी छिन् ।

उनले अदालतको आदेश समेत मन्त्रीको निर्देशनमा रोकिएको दाबी गर्दै, उजुरीको ड्राफ्ट नै मन्त्रीको कार्यकक्षमा तयार भएको र न्यायाधीशलाई धम्क्याउने कार्य भएको आरोप लगाएकी हुन् । उनले लेखेकी छिन्, ‘मुद्दाको पेशी चढ्ने दिनमै न्याय परिषदमा उजुरी पुर्‍याइन्छ, मिडिया ट्रायल गरिन्छ र आदेश दिने क्रममा अस्वाभाविक ढिलाइ हुन्छ । यस्तो अवस्थामा कुन न्यायाधीशले आफ्नो करियर दाउमा राखेर सही फैसला गर्ने ?’

स्टाटसमा उनले प्रधानमन्त्री, कानुन मन्त्री र गृहमन्त्रीको सिधा फोन जाने, न्यायाधीश सरुवा–बढुवाको दबाबमा रहने जस्ता कुरा सुनेको र अब आफैं अनुभव गरेको पनि उल्लेख गरेकी छिन् । सर्वोच्च अदालतको नजिर विपरीत लामिछानेलाई थुनामा राखिएको उल्लेख गर्दै व्यक्ति हेरी फरक–फरक न्याय दिने समाजमा को बस्न चाहन्छ ?’ भन्दै आक्रोश व्यक्त गरेकी छन् । उनले अब उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतमा जाने बताउँदै अन्तिमसम्म लड्ने उल्लेख गरेकी हुन् ।
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७