शेयर बजार विश्लेषण गर्ने एप्स डाउनलोड गर्दा २८ लाख ‘गायव’

काठमाडौं । आधुनिक प्रविधिको पहुुँचले मानिसको दैनिक जीवनलाई सहज बनाउँदै लगे पनि यसको प्रयोगले जोखिमहरु समेत बढाउँदै लगेका घटनाहरु सार्वजनिक हुने गरेका छन्। विभिन्न सामाजिक सञ्जाल र एपहरुको माध्यमबाट ठगी गर्ने घटनाहरु बाक्लै आउने गरेका छन् ।
पछिल्लो समय शेयर बजार एप्सका नाममा ठगीको घटना हुन थालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइवी) ले जनाएको छ । सीआईबीले ‘Nepse AI’ नामक एपमार्फत ठगी बढ्न थालेपछि सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । पछिल्ला समय फेसबुक, इन्स्टा, टिकटकलगायतका सामाजिक सञ्जालबाट शेयर बजारको विश्लेषण भन्दै आकर्षक विज्ञापन देखाएर प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न लोभ्याउने प्रवृत्ति बढेको सीआईबीको विज्ञप्ति नै निकालेर जनाएको छ ।
एप इन्स्टल गरी पासवर्ड तथा सेन्सेटिभ विवरण प्रविष्ट गरेपछि प्रयोगकर्ताको डिजिटल डिभाइसमा पूर्ण नियन्त्रण लिइने र बैंक खाताबाट रकम चोर्ने घटनाहरू दर्ता भएको सीआइबीले जनाएको छ । प्रहरीले एक व्यक्तिको २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा ‘ब्ल्याङ्क स्क्रिन’ देखिएको घटना विवरण सार्वजनिक गर्दै केही उजुरी प्राप्त भएको बताएको छ ।
कसरी अपनाउने सावधानी ?