नीताको फिल्म ‘सुख दुःख’ मा खेल्दै बलिउड अभिनेता दीपराज


२०८२ श्रावण २३ शुक्रबार १२:०० बजे

काठमाडौं । सन् २००२ मा भारतीय फिल्म साथियामा सहायक अभिनेताका रूपमा आफूलाई स्थापित गरेका बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’ मा अभिनय गर्ने भएका छन् । उनलाई फिल्मका लागि यस फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो ।

सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबंङ ३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीं पर जस्ता फिल्ममा अभिनय गरेका दीपराजले नेपाली फिल्म कोहिनूरमा समेत अभिनय गरेका थिए । स्व. श्रीकृष्ण श्रेष्ठको फिल्ममा अभिनय गरेको लामो समयपछि उनी पुनः नेपाली फिल्ममा देखिन लागेका हुन् ।

नीताको निर्देशनमा बन्ने फिल्म सुख दुःखको कथा मन परेको कारण आफू यस फिल्ममा काम गर्न इच्छुक भएको उनको भनाइ छ । निर्माण पक्षका अनुसार, फिल्मको कथा सुनेपछि दीपराज भावुक बनेका थिए । तर, उनको भूमिकाबारे निर्माण पक्षले खुलासा गरिसकेको छैन ।

आगामी फागुनदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको यस फिल्मका लागि निर्माण टिमले हालै विपना थापालाई पनि अनुबन्ध गरेको छ । यसअघि नीता र विपनाले फिल्म ह्रस्वदीर्घमा सहकार्य गरेका थिए । यो उनीहरूको दोस्रो सहकार्य हो । फिल्ममा दीपराज, विपना बाहेक मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन् । अन्य कलाकारबारे भने निर्माण टिमले खुलासा गरेको छैन ।

फिल्मको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ । नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको वितरण अधिकार उपत्यका बाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७