मनोज पण्डितले पाए यस वर्षको फ्रिडम फिल्ममेकर रेकग्निसन


२०८३ असार १६ मंगलबार १५:०२ बजे

काठमाडौं । हालै सम्पन्न २०२६ सम्थिङ लाइक ए फिल्म फेस्टिभलको समापन समारोहमा चलचित्रकर्मी मनोज पण्डित लाई यस वर्षको फ्रिडम फिल्ममेकर रेकग्निसन प्रदान गरिएको छ।

सन् २०१८ देखि प्रदान हुँदै आएको यो सम्मानले सिर्जनात्मक चलचित्र निर्माण, अभिव्यक्ति स्वतन्त्रता तथा चलचित्र संस्कृतिको विकासमा योगदान पुर्‍याउने चलचित्रकर्मी र सांस्कृतिक संस्थाहरूलाई वार्षिक रूपमा सम्मान गर्दै आएको छ।

यस वर्ष सम्मानित मनोज पण्डितले नेपाली चलचित्र क्षेत्रमा सबैका लागि खुला पहुँच र चलचित्रमा लागू हुने सेन्सर प्रणाली हटाउनुपर्ने अभियानको निरन्तर नेतृत्व गर्दै आएका छन्। लामो समयदेखि चलेको पैरवीको परिणामस्वरूप नेपाल सरकारले हालै सेन्सर बोर्ड को नाम परिवर्तन गरी चलचित्र जाँच समिति राखेको छ। नयाँ व्यवस्थाअनुसार चलचित्रमा प्रत्यक्ष सेन्सर नगरी त्यसको सामग्रीअनुसार उमेर समूहका आधारमा रेटिङ प्रदान गरेर प्रदर्शन गर्न सकिने व्यवस्था गरिएको छ। यस अभियानमा मनोज पण्डितसहित विभिन्न चलचित्रकर्मी सक्रिय रहेका थिए।

फ्रिडम फिल्ममेकर रेकग्निसन डक्स्कुलले सुरु गरेको पहल हो। यसैबीच, महोत्सवमा युवा चलचित्रकर्मी मिहिर प्याकुरेलनिशित थापा ले निर्माण गरेको I Listen for the Sound of Ashes ले बेस्ट डेब्यु फिल्म पुरस्कार जित्यो भने The Bus to Bagbazar ले अडियन्स चोइस अवार्ड प्राप्त गर्यो।

 

यस वर्षको सम्थिङ लाइक ए फिल्म फेस्टिभलमा पहिलोपटक चलचित्र निर्माण गरेका युवा फिल्मकर्मीका ४० भन्दा बढी चलचित्र प्रदर्शन गरिएको थियो। महोत्सव असार १२ देखि १५ गतेसम्म काठमाडौंस्थित ऐरावत पिक्चर हाउस मा आयोजना गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७