देउवा निवासमा मन्त्रीसहित कांग्रेस पदाधिकारी बैठक बस्दै


२०८२ श्रावण ९ शुक्रबार ०८:१३ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी मन्त्रीसहितको पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक आज (शुक्रबार) बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सहभागी हुनेछन् । बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

सरकारले अघि बढाएको विभिन्न विधेयक र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ । यता, अनुशासन आयोगको कारबाहीले पनि इतर पक्ष बिच्किएको छ । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक बोलाएका हुन् । अन्य नेताहरू सरकारप्रति कठोर बन्दै गइरहेका बेला देउवा भने सरकारप्रति नरम नै छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७