मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा पक्राउ


२०८२ श्रावण ५ सोमबार ०१:१६ बजे

काठमाडाैं : मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका छन्।काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो।

काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले झालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको पुष्टि गरे।

पीडितको जाहेरीका आधारमा अदालतले गत चैत २५ गते नै झाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। पूर्जी जारी भएदेखि नै प्रहरीले उनको खोजी गरिरहेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन।

अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार थिए । 

 घटना २०८१ जेठ ४ गतेको हो।

अहिराजलले त्यस दिन आफ्नो कोठामा कोही नभएको बेलामा पटकपटक बलात्कार गरेको आरोप छ। उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ।

बलात्कारको घटना भएको केही समयपछि पीडित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन्।

पीडितले जाहेरी दर्ता गर्न खोजेपनि प्रहरीले नगरेको आरोप छ। पटकपटक प्रयास गर्दा पनि दर्ता गर्न इन्कार गरेपछि पीडित युवती जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेकी थिइन्।

उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा कात्तिक २८ गते जाहेरी निवेदन दिएकी थिइन्। पछि सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त जाहेरी दर्ता गराउन परिसरलाई पत्राचार गरेको थियो।

कार्यालयले कात्तिक ३० गते परिसरमा पत्राचार गरेको हो। सरकारी वकिलले पत्राचार गरेको केही महिनापछि मात्रै माघमा उक्त जाहेरी दर्ता गरी प्रक्रिया अघि बढाएको थियो।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७