घाँस काट्ने मेशिन चलाउँदा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

सुर्खेत । सुर्खेतमा घाँस काट्ने मेशिन चलाउने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । करेन्ट लागेर ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको छ।
शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेशिन प्रयोग गरी घाँस काट्दा मेशिनको तार सर्ट भएर दम्पतीलाई करेन्ट लागेको थियो । घाइते दम्पतीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो जहाँ उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।