सरकारी जग्गाको नक्कली लालपूर्जा बनाउने मालपोत अधिकृत सहयोगीसहित पक्राउ


२०८२ श्रावण ९ शुक्रबार २१:३९ बजे

रुपन्देही । सरकारी जग्गाको नक्कली लालपूर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् ।

सरकारी छाप दुरुपयोग गरेर नक्कली लालपूर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जयकुमार केवटलाई शुक्रबार पक्राउ गरेको जनाएको छ ।

उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।

घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले ठूलो रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७