एमाले बैठकमा ओली बोल्न लाग्दा थापाको ‘अब्जेक्सन’

काठमाडौं : काठमाडौं नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले समापन गर्न लाग्दा पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले ‘अब्जेक्सन’ गरेका छन् । बोल्न नदिएपछि स्थायी थापाले ‘अब्जेक्सन’ गर्दै आपत्ती जनाएका हुन् ।
पार्टी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले धारणा राखिसकेपछि थापाले बैठकमा ‘केही कुरा राख्छु’ भनेर समय मागेका थिए । तर, ओलीले उनलाई बोल्न दिएनन् ।
'निर्णयहरू सुनाएकै छैन, निर्णयमा केही भएपछि बोल्नुहोला' भन्दै ओलीले थापालाई रोकेका थिए।
एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा १ सय ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।