सुशासन कायम गर्नु देशको सर्वाधिक ठूलो चुनौती : अध्यक्ष प्रचण्ड


२०८२ श्रावण ८ बिहीबार २१:१७ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रपछि देशमा उल्लेख्य प्रगति भए पनि संविधानले व्यवस्था गरेका मौलिक हकलाई कार्यान्वयन गर्नबाट राजनीतिक नेतृत्व चुकेको बताएका छन् । 

‘नेपाल खबर डट कम’ को १०औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष परिसंवादमा अध्यक्ष दाहालले अब संविधानको परिमार्जन गर्ने समय आएको बताए ।

‘आर्थिक सूचक राम्रा छन् भनिएका बेला दैनिक हजारौंको संख्यामा युवा पलायन हुनु र देशले कुनै बेला निर्यात गर्ने खाद्य वस्तु अहिले अर्बौं रुपैयाँमा आयात हुने अवस्था किन आयो भन्ने विषयमा गम्भीर हुनुपर्छ’, उनले भने । अध्यक्ष दाहालले सुशासन कायम गर्नु देशको सर्वाधिक ठूलो चुनौती भएको उल्लेख गर्दै भ्रष्टाचारका कारण पनि नकारात्मक भाष्य फैलाउनलाई सहयोग पुगेको बताए ।

पूर्व प्रधानमन्त्री दाहालले माओवादी केन्द्रलाई अहिले पनि निजी क्षेत्र विरोधी शक्तिका रूपमा लिने गरिएको जिकिर गर्दै आफूले भने शान्ति प्रक्रियामा आएदेखि नै निजी क्षेत्रको अपरिहार्यताबारे बोल्ने गरेको र पदमा रहेका बेला निजी क्षेत्रसँग सर्वाधिक समय छलफल गरेको बताए । ‘उदारवादले मात्र न्याय गर्दैन भनेका हौं’, उनले भने । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सन् १९९० को तुलनामा मुलुकले मानव विकासका विभिन्न सूचकमा अभूतपूर्व फड्को मारेको उल्लेख गर्दै त्यसलाई जनतासम्म पुर्‍याउनु र जनता निराश हुनुका कारणलाई सुक्ष्म ढङ्गले केलाएर सम्बोधन गर्नु सबै राजनीतिक शक्तिको कर्तव्य भएको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७