राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषदसम्बन्धी विधेयक


२०८२ श्रावण ८ बिहीबार २०:०५ बजे

काठमाडौं । राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता पठाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई  संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा  फिर्ता पठाएका हुन् । 

सो संशोधन संविधानको  मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास  प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधि सभामा बिहिबार फिर्ता पठाएको  राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए । 

दुवै सदनबाट पारित भई आएको सो संशोधन  विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपति समक्ष पेस भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७