बैठकमा ‘नोट अफ डिसेन्ट’ राख्ने स्थिति नै बनेन : ईश्वर पोखरेल


२०८२ श्रावण ७ बुधबार २३:२३ बजे

काठमाडौं : नेकपा (एमाले)का  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुधबारको केन्द्रीय कमिटी बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्ने स्थिति नै नबनेको बताएका छन् । 

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा पोखरेलले भनेका छन्,  ‘उहाँ (अध्यक्ष केपी शर्मा ओली) ले कुरा राखिसकेपछि कति साथीले प्रश्न उठाउँदै हुनुहुन्थ्यो। प्रश्न उठाउँदै गर्दा ‘नोट अफ डिसेन्ट त त्यहाँ राख्ने स्थिति नै बनेन।‍’

त्यसको मतलब के उनलाई ‘नोट अफ डिसेन्टु लेख्न मन थियो ?’  बीबीसीको यो प्रश्नमा उनले भनेका छन्, ‘म त यो विषयमा खुला रूपमा बोल्दै आएको हुँ। त्यो त मर्यादित तरिकाले राख्ने न हो। अहिले पनि म आफ्नो धारणा माइन्यूटमा दर्ता गर्नको लागि पठाउन सक्छु नि।’ 

पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता राति वेबसाइटबाट हटाइएको बताए । उनले भने,  ‘२०८१ सालमै उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको हो । ६४१ नम्बरमा पार्टी सदस्यता छ, वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु ।’

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिने भनेर केन्द्रीय कमिटीमा निर्णय सुनाइए पनि सधैंका लागि टुंगो नलागेको उनले बताए ।

‘सदस्यताको विषय छलफल क्लोज भएको भन्ने मलाई लाग्दैन, एकपल्ट केन्द्रीय कमिटीमा त्यसरी सुनाइसकेपछि सधैंका लागि क्लोज भएन,’ उनले भने, ‘पार्टीभित्र निम्त्याइएको बहस, विवाद जस्तो लाग्छ । सरसल्लाहले पार्टी अध्यक्षले छलफल गरेर टुंगो होला भन्ने लागेको थियो । सल्लाह र समझदारीले टुंग्याउने कुरा थियो, तेजोबध गर्ने कुरा थिएन ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७