केरुङमा फसेका दुई सय नेपाली १५ दिनपछि फर्किए


२०८२ श्रावण ७ बुधबार २०:३९ बजे

सिन्धुपाल्चोक । भोटेकोशी बाढीपछि केरुङमा फसेका नेपालीहरु बुधबार चिनियाँ नाका हुँदै नेपाल फर्किएका छन् ।

नेपालीहरुलाई मितेरी पुलसम्म चिनियाँ पक्षले ल्याइदिएको थियो भने लिनका लागि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुराक्षा अधिकारीहरु नाका पुगेका थिए ।

मितेरी पुलसम्म चिनियाँ पक्षले ल्याएर नेपाली अधिकारीहरुको जिम्मा लगाएको थियो । केरुङमा फसेका २०३ नेपालीहरु २० वटा बसमा आएका थिए । अधिकांश चालक र सहचालकहरु बाढीमा फसेका थिए । केरुङमा फसेका नेपालीलाई उद्वारका लागि नेपाल सरकारले चीन सरकारसँग पहल गरेको थियो ।

ल्हेन्दे खोलामा आएको बाढीबाट असार २४ मा नेपाल–चीन सीमाको रसुवा गढी भन्सारमा ठूलो क्षति भएको थियो । बाढीले रसुवागढीको मितेरी पुल बगाएपछि टिमुरे–केरुङ सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै आवागमन ठप्प हुँदा असार पहिलो साता रसुवा नाका हुँदै केरुङ, कैलास, मानसरोवर पुगेका नेपालीहरु उतै अलपत्र परेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७