‘कुलिङ पिरियड नराख्ने संशोधनबारे आफ्नै सभापतिसँग सल्लाह गर्नु’

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले निजामती विधेयकमा संशोधनको विषयमा सांसदहरुलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन् ।
आज (बुधबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई निजामती विधेयकमा फरक संशोधन राखेको विषयमा मिडियाबाजी नगरी आफ्नै सभापतिसँग छलफल गर्न आग्रह गरे ।
‘निजामती विधेयकमा कस्तो संशोधन हाल्ने भन्ने कुरा राष्ट्रिय सभा सदस्यहरुको विशेषाधिकारको कुरा हो,’ बर्तौलाले भने, ‘यसमा किन यस्तो संशोधन हालिस् भनेर धम्क्याउने, सरकारमा दरार आउँछ भन्ने कुरा एकदम गलत हो । विधकयिकी कुरामा पार्टीको ह्वीप पनि लाग्दैन ।’
प्रतिनिधि सभाबाट पास भएको संघीय निजामती सेवा विधेयक अहिले विधायन व्यवस्थापन समितिमा रहेको छ । एमाले सांसदहरुले कुलिङ अफ पिरियडको व्यवस्था खारेज गर्न संशोधन हालेका छन् ।