नेपाल प्रहरीका ७७ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवा सिफारिस भएका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीषक (असई) हरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस हुनेहरूमा बल बहादुर बस्नेत, राजन पाठक, दिपक गिरी, कुमार रोका, जनार्दन कोहार रहेका छन् । त्यस्तै भुपबहादुर बोहोरा, लालबहादुर साउद, गौतम पोखरेल लगायत रहेका छन् ।