निर्वाचन आयोगले माग्यो राप्रपाको जवाफ


२०८२ श्रावण ७ बुधबार १२:०७ बजे

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच जना नेताहरूमाथि कारबाहीको विषयलाई लिएर सो पार्टीलाई पत्राचार गरेको छ । पाँच नेताहरूले आफूहरूलाई अवैधानिक तरिकाले कारबाही गरिएको भन्दै निवेदन दिएका दिएपछि आयोगले छानबिन अगाडि बढाएको हो ।

राप्रपा अध्यक्ष लिङदेनले हालै पार्टीको अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदीलाई हटाएका थिए भने सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यस्तै उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पनि उनले पदमुक्त गरेका छन् । त्यसअघि लिङदेनले महामन्त्री डा. धवलशम्शेर राणाको संगठन विभाग प्रमुख पद खोसेका थिए भने संयोजित संगठन विभागका सदस्य सचिव धनशुर शाहीलाई पनि पदमुक्त गरेका थिए ।

आफूहरूमाथि विधान विपरीत कारबाही गरेको भन्दै पाँचै जना नेताहरूले निर्वाचन आयोग गुहारेका छन् । उनीहरूले लिखित निवेदन दिएपछि आयोगले राप्रपामा पत्राचार गरेको आयोगकी प्रवक्ता सीता पोखरेलले जानकारी दिइन् । उनले भनिन्, ‘आयोगमा पाँच जनाको उजुरी आएपछि यस विषयमा सोध्नलाई पत्राचार गरिएको हो ।’ राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले पनि पत्र आएको पुष्टि गरे । पत्रको ब्यहोरा भने आफूले राम्ररी पढ्न नभ्याएको उनको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७