प्रश्न सोध्ने सांसदलाई प्रधानमन्त्रीको जवाफ : विकास-निर्माण स्वस्थानीको कथा जस्तो हो र ?


२०८२ श्रावण ७ बुधबार १५:३६ बजे

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आजको भोलि कुनै पनि विकास निर्माणका काम समयमा नहुने बताएका छन् । प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै उनले विकास निर्माणको काम स्वास्थानीको कथा जस्तो नभएको बताएका छन् ।

सांसद चौधरीले पर्वतको कुश्मामा रेलवे स्टेशन कहिले बन्ने, त्यहाँका जनताहरू स्टेशन बन्ने आशामा रहेको भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले उक्त जवाफ दिएका हुन् । ‘रेलवे स्टेशन बेलुका भनेर रातभरिमा विहानसम्म तयार हुने हो र ? यो स्वस्थानी कथाको शिवजीले यसो पार्वतीलाई देखाएको महल हो र,’ उनले प्रतिप्रश्न गरे ।

उनले विकास निर्माणको कामको आफ्नै प्रक्रिया हुने भएकाले ढिलोचाँडो हुने स्पष्ट पारे । जनकपुरमा चलिरहेको रेल चलाउँछु भन्दा पनि यस्तै व्यंग्य गर्ने गरेको उनले बताए । तर, व्यंग्य गर्नेहरूले नै अहिले त्यसको जस लिने गरेको प्रधानमन्त्रीको भनाइ छ । 

‘नेपालमा रेल ल्याउन सम्भव छ भनेर, फेरि पटरी विछ्याएर, रेल किनेर ल्याएर, जनकपुरमा चलाउन लगाइएको छ । चल्दैन, चल्दैन भनेर गफ गर्नेहरू पनि थिए । माननीय ज्य त्यतिबेला हुनु हुन्थेन होला । थिए भने त्यतिबेला पनि यी प्रश्न सोधिएका थिए होला । व्यंग्य गर्ने माननीयहरूले पछि त्यसको जस लिन थाले,’ उनले भने ।

उनले विकास आजको लागि नभएर पछिसम्मका लागि हुने भएकाले धैर्यता अपनाउनु पर्ने बताए । उनले कीर्तिपुरस्थित क्रिकेट रंगशालाका विषयमा पनि जवाफ दिए । उनले रंगशाला बनाउन ३०० दिनको समय तोकिए पनि खरिद प्रक्रिया लगायतका काम गर्दा आधा समय त्यसै गएको बताए । त्यसका बावजुद रंगशाला अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

‘रंगशाला त बन्दैछ त । यसमा खुसी हुनु छैन । दुई दिन किन नाघ्यो ? दुई दिन नाघ्छ । काम गरेकोमा जस दिन कहिले कहिले सिक्दा हुन्थ्यो । मानसिकता अलिकति सकारात्मक बनाउँदा हुन्थ्यो,’ उनले भने ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७