सुनचाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?


२०८२ श्रावण ७ बुधबार ११:२४ बजे

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि चाँदी असार ३० गते चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा चाँदी ३० रुपैयाँले बढेको छ ।मंगलबार चाँदी दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले छ । सुन वैशाख ९ गते हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । वैशाख ९ गते एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७