बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार प्रतितोला सुन १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढे पनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको मूल्य २२ सय ८५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार एक तोला चाँदी सोही मूल्यमा खरिद बिक्री भएको थियो ।