‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८१’ सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा श्रावण ३ गते कुपण्डोलस्थित होटल हिमालयमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ सम्पन्न भएको छ । सो सम्मान गायनतर्फ वरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ वरिष्ठ संगीतकार शीलाबहादुर मोक्तानलाई जनही नगद पुरस्कार १० हजारसहित प्रदान गरिएको छ ।
कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको छ । कलाकार गौतमकी धर्मपत्नी यगज्योति क्रियाशिलले उक्त सम्मान ग्रहण गरिन् । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई प्रदान गर्दै आएको छु। भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्तवपूूर्ण योगदान पुर्याउदै आएको छ र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदैं आएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ ।