सचिवालयको प्रस्ताव परिमार्जन गर्न एमाले पोलिटब्युरोलाई ईश्वर पोखरेलको अपिल

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज बस्ने पार्टीको पोलिट ब्यूरोको बैठकमा गम्भीरताका साथ छलफल बहसमा सहभागी हुन आग्रह गरेका छन् । सामाजिक सञ्जलामा लेख्दै उनले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरिएको बताउँदै उक्त आग्रह गरेका हुन् ।
उनले बैठकमा सहभागी हुने सबै सदस्यले केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउने विश्वास समेत लिएका छन् । उनले लेखेका छन्, ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिट ब्यूरो सदस्यहरूका बीचमा छलफल हुनेछ! पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ !’