पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन


२०८२ असार २८ शनिबार १७:२४ बजे
फाइल फोटो

बैतडी । पहिरोले अवरुद्ध बनेको बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बैतडीको नाचन्थली नजिक सडकमाथिबाट पहिरो खस्दा आज बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

सडक डिभिजन कार्यालय पाटनको डोजरको सहायताले पहिरो पन्छ्याएपछि दिउँसो ३ बजेदेख सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए । उनका अनुसार पहिरो पन्छ्याएसँगै अहिले रोकिएका सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७