राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत


२०८२ असार २७ शुक्रबार १४:१३ बजे

काठमाडौं । राष्ट्रियसभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ।राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो । प्रस्ताव प्रस्तुत गर्दै सदस्य बिसीले ज्येष्ठ नागरिकको परिभाषामा परेका तर सामाजिक सुरक्षा भत्ता नपाउनेलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताए ।

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा गर्ने संस्कृतिको विकास गरिनुपर्नेमा पनि उनले जोड दिए । विसं २०८२ जेठ ३१ गते दर्ता भएको प्रस्ताव आज प्रस्तुत गरिएको बिसीले जानकारी गराए । प्रस्तावको समर्थन गर्दै सदस्य अर्यालले हाल युवाको जनसंख्या घट्दै जाने र ज्येष्ठ नागरिकको संख्या बढ्दै जाने अवस्थामा पुगेकाले देशका लागि यो कुनै न कुनै रुपमा योगदान गरेका ज्येष्ठ नागरिकको सम्मान गर्न पनि उक्त प्रस्तावले सहयोग गर्ने विचार व्यक्त गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७