राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी भण्डारीको उम्मेदवारी


२०८२ चैत २२ आइतबार १६:३१ बजे

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्ष पदका लागि नेकपा (एमाले) सांसद लीलाकुमारी भण्डारीले उमेदवारी दिएकी छन् ।

रिक्त रहेको उपाध्यक्ष पदमा आइतबार उनले उम्मेदवारी दर्ता गराएकी हुन् । राष्ट्रियसभामा दलहरूबीच उपाध्यक्ष पद एमालेलाई दिने र संसदीय समितिका सभापति पद अन्य दलले बाँड्ने सहमति भएको थियो । सोही सहमतिअनुसार भण्डारीको उमेदवारी परेको हो ।

उमेदवारी मनोनयनका लागि संसद सचिवालयले दिउँसो २:३० देखि ३:३० बजेसम्मको समय निर्धारण गरेको थियो ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७