सांसद अमरेशले आरजुलाई गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले परराष्ट्र मन्त्री डा. आरजु राणालाई सांसद डा. अमरेशकुमार सिंहले गाली बेइज्जती गरेको अडियो-भिडियो मगाउने आदेश दिएको छ।
जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले सोमबार राणाले सिंहविरुद्ध गत फागुनमा हालेको मुद्दामा यस्तो आदेश दिएको हो। यसअघि जिल्ला अदालत काठमाडौँले सिंहले गाली बेइज्जती गरेको अडियो र भिडियो एक पटक सुनेर स्पष्टीकरण पेश गर्न आदेश दिएकोमा सिंहले स्पष्टीकरण पेश गरिसकेका छन्।
सिंहले स्पष्टीकरण पेश गरेपछि न्यायाधीश वाग्लेले सोमबार उक्त अडियो भिडियो अदालतमा पेश गर्न र सुनेर थप निर्णय गर्ने आदेश दिएका हुन्। यसअघि जिल्ला अदालत काठमाडौंले सिंहले गाली बेज्जती गरेको अडियो र भिडियो एक पटक सुनेर स्पष्टिकरण पेश गर्न आदेश दिएकोमा सिंहले स्पष्टिकरण पेश गरिसकेका छन्।
सिंहले स्पष्टिकरण पेश गरेपछि न्यायधीश वाग्लेले सोमबार उक्त अडियो भिडियो अदालतमा पेश गर्न र सुनेर थप निर्णय गर्ने आदेश दिएका हुन्। सिंहविरुद्ध राणाले गाली बेइज्जतीको मुद्दा गत फागुन १५ मा जिल्ला अदालत काठमाडौँमा दर्ता गरेकी थिइन्।