हिजो बढेको सुनको मूल्य आज घट्यो, कतिमा हुुँदैछ कारोबार ?


२०८२ श्रावण १५ बिहीबार ११:४४ बजे

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य घटेको छ । एक सातापछि हिजो प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । गएको चार दिन घटेर दुई दिन स्थिर रहेको सुनको मूल्य हिजो बढेर एक लाख ९४ हजार चार सय रुपैयाँ निर्धारण भएको थियो । 

यसअघि गएको आइतबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँच सय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो । गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँ  घटेर दुई हजार दुई सय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७