मन्त्री फेरबदलबारे छलफल गर्न बालुवाटार पुगे देउवा


२०८२ श्रावण १५ बिहीबार १२:१९ बजे

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई शीर्ष नेताबीच मन्त्रिपरिषद् हेरफेर लगायत समसामायिक विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री ओलीले खासगरी आफ्नै पार्टीबाट बनेका विवादित मन्त्रीहरू फेरबदल गर्न खोजेका हुन् । सत्ता साझेदार कांग्रेस भने अहिले आफ्ना मन्त्री फेर्ने मनसायमा देखिएको छैन ।

एमालेबाट बनेका रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

कतिपयलाई मन्त्री बनाउने बेलै एक वर्षका लागि मात्र भनेर सम्झौता गरिएको तथा कतिको काम सन्तोषजनक नदेखिएकाले प्रधानमन्त्री ओलीले बिदा गर्न लागेका हुन् । भूमि मन्त्री अधिकारीको त घुस मागेको अडिओ नै सार्वजनिक भएको छ । हाल मन्त्रिपरिषद्मा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७