गायिका रचना रिमाल चढेको जहाज आकस्मिक अवतरण


२०८२ बैशाख ३० मंगलबार २३:३३ बजे

काठमाडौं । गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ। क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी ल्याण्ड’ भएको हो। रचना आफैले यसबारे फेसबुकमार्फत जानकारी दिएकी छन्।

‘क्यानडाको सांगीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु,’ उनले लेखेकी छिन्, ‘क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्याण्ड भएको छ। केही समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु।’
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७