गायिका रचना रिमाल चढेको गाडी दुर्घटना


२०८० माघ १४ आइतबार १८:०० बजे

दाङ । गायिका रचना रिमाल चढेको गाडी दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३।०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल चढेको ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको रिमाल हो ।

आज अपरान्ह पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले ठक्कर दिएको थियो । गायिका रिमाललाई केही नभएको र आफूलाई घुँडामा समान्य चोट लागेको सोही गाडीमा रहेका पत्रकार शिवु खनालले जानकारी दिएका छन् । गाडीमा रिमालसहित तीन जना थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७