पोखरा महानगरपालिकाका वडाध्यक्ष पराजुली पक्राउ


१३:१४ बजे

पोखरा । कर्मचारी र व्यावसायीमाथि हातपात गरेको आरोपमा पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन्। महानगरपालिकामा सातौं तहमा कार्यरत कर्मचारी र वडा नम्बर ४ मै व्यावसाय गर्दै आएका एक व्यवसायीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको उजुरीको आधारमा प्रहरी टोलीले पराजुलीलाई पोखरा–१६ ढिकीडाँडाबाट पक्राउ गरेको हो । कुटपिट र हातपात गरेको उजुरी परेपछि पराजुलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

वडाअध्यक्ष पराजुलीमाथि महानगरको प्रशासन महाशाखाका सातौं तहका अधिकृत इश्वरीप्रसाद पोखरेल र पोखरा–४ सर्वेश्वरमार्गका व्यावसायी लेखनाथ सुवेदीलाई कुटपिट गरेको आरोप छ । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्ष पराजुलीले पोखरेललाई हातपात गरेको आरोप छ । पोखरेल र पराजुलीबिच कर्मचारी व्यवस्था बारे विवाद भएको थियो । 

कस्मेटिक व्यावसायी सुवेदीले सडकमा सामान राखेर बिक्री गरेको र नगरप्रहरीले सामान उठाएर लगेपछि सोही विषयमा विवाद भएको थियो । विवादकै क्रममा वडाध्यक्ष पराजुलीले हातपात गरेको आरोप छ। यसैबीच महानगरमा क्रियाशील कर्मचारी संघ संगठनले कर्मचारी कुटिएको घटनाको विरोध गर्दै वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् ।

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन् । उनीहरूले घटनामा संलग्न वडाध्यक्षलाई कानुन बमोजिम कारबाही गर्न माग समेत गरेका छन् । यस्तै, कर्मचारी संघ संगठनको आह्वानमा महानगरको काम ठप्प भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७