पोखरा महानगरका कर्मचारी घुस रकमसहित पक्राउ

पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले बिहीबार दिउँसो न्युरोडमा पक्राउ गरेको हो । गिरी महानगरको फाइल फछ्र्यौट शाखामा कार्यरत थिए ।
उनीबाट अख्तियारले २५ हजार रुपैयाँ बरामद गरेको छ । अख्तियारमा उजुरी परेको छ मिलाई दिन्छु भन्दै घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए । गिरी अहिले अख्तियारको नियन्त्रणमा रहेको पाण्डेले बताएका छन् ।