चौतर्फी दबाबपछिपछि भट्टको राजीनामा स्वीकृत तयारीमा कामु गभर्नर ढुंगाना


२०८२ बैशाख १५ आइतबार ०५:२९ बजे

काठमाडौं : तिव्र विवादपछि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियाले निकाश पाउने भएको छ । स्रोतका अनुसार तिव्र ताकेता र चौतर्फी दबाबपछि  कायममुकायम (कामु) गभर्नर डा. नीलम ढुंगाना कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्ने ‘मुड’मा पुगेकी छिन् । 

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते सकिएपछि यो पद रिक्त छ ।  पद रित्त भए लगत्तै २५ चैत २०८१ मा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका थिए । कामु डा. ढुंगाना पनि गभर्नरको दाबेदार हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका डा. भट्टलाई गभर्नर बनाउने सहमति भएको छ । यो सहमति पछि देउवा निकट डा. भट्टले ५ वैसाखमा राजिनामा दिएका थिए । 

डा. भट्टलाई गभर्नर बनाउने मुख्य दलबीचको सहमतिसँगै सोही दौडमा सामेल कामु गभर्नर डा. ढुंगानाले प्रत्याशी भट्टको राजीनामा अड्काएकी थिइन् ।  

शनिबार राति पनि  ओली र देउवाबीच भट्टलाई यसै हप्ता गभर्नरमा नियुक्त गर्ने सहमति भएको थियो । यो लगत्तै आइतबार अर्थमन्त्री पौडेलले मन्त्रालयमा बोलाएर राजीनामा स्वीकृत गर्न ढुंगानालाई निर्देशन दिएका छन् ।

गभर्नर बन्नको लागि अवधि नसकिँदै डा. भट्ट र योजना आयोगमा सदस्य समेत रहेका कार्यकारी निर्देशक प्रकाशकुमारले राजीनामा दिएका थिए । भट्टको राजीनामा विचाराधिन छ, श्रेष्ठको राजीनामा अस्वीकृत भइसकेको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७