सरकारी अस्पतालमा पनि ओपिडी सेवा ठप्प, बिरामी अलपत्र


२०८२ बैशाख १३ शुक्रबार २१:०४ बजे

काठमाडौं । आवासीय चिकित्सकहरूले सरकारी अस्पतालमा समेत ओपिडी सेवा ठप्प बनाएका छन् । शुक्रबारदेखि सरकारी मेडिकल कलेज र प्रतिष्ठानमा कार्यरत आवासीय चिकित्सकले बिरामी जाच्ने कार्य रोकेका हुन् ।

निजी मेडिकल कलेजहरूले सरकारी सरह निर्वाह भत्ता नदिएपछि नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेको थियो । शुक्रबार सरकारी र निजी दुवै अस्पतालको ओपिडी सेवा ठप्प भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. ओमविक्रम कार्कीले जानकारी दिए । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले शुक्रबार ओपीडी सेवा सञ्चालन गर्न नसकिएको बताए । ‘हिजो अनलाइनमार्फत टिकट काटेका केही बिरामीलाई ओपीडीमा हेरियो । तर अन्य बिरामीलाई हेर्न सकिएन,’ डा. शर्माले भने, ‘चिकित्सक आन्दोलनमा जाँदा सेवा प्रभावित भएको छ ।’

उनका अनुसार निजी मेडिकल कलेजहरूले सरकारले तोकेको निर्वाह भत्ता नदिएसम्म आन्दोलन जारी रहनेछ ।  आइतबार अस्पतालहरूको ओपिडी बन्द गरेर चिकित्सकहरू माइतीघर क्षेत्रमा प्रदर्शनरत छन् । निजी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको तलब नदिएपछि एक महिनादेखि चिकित्सकहरू आन्दोलित छन् । बिहीबार संघले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि देशैभरका चिकित्सक निजी अस्पताल र सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । उनीहरूले तोकिएको निर्वाह भत्ता पाउनुपर्ने माग राखेका छन् ।

शुक्रबार वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, सिभिल अस्पताललगायतमा ओपिडी सेवा बन्द हुँदा बिरामीहरू फर्किएका छन्र। कतिपय बिरामीलाई विशेषज्ञ तथा अन्य चिकित्सकको सहायतामा अस्पतालहरूले उपचारको प्रबन्ध मिलाइएको छ । वीर अस्पतालले आवासीय चिकित्सकहरूले बिरामी नजाँच्ने भएपछि टिकट काउन्टर नै बन्द गरेको थियो ।  चिकित्सकले सेवा बहिष्कार गरेसँगै अस्पतालमा पुगेका बिरामी अलपत्र परिरहेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा आज ओपीडी सेवा बहिस्कारको घोषणा गरिएको हो । आन्दोलनरत चिकित्सक अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७