दुर्गा प्रसाईको दाबी : ट्रकबाट बरामद २५ करोड माओवादीको हो


२०८१ चैत ६ बुधबार ००:५० बजे
फाइल फोटो

 काठमाडौं । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईले सोमबार टोखामा ट्रकबाट बरामद भएको २५ करोड रकम माओवादी केन्द्रको भएको दाबी गरेका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरे । 

प्रसाईले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादी निकट तिब्बतीले लगिरहेको दावी गरे।उनले भने, ‘हिजो पक्रिएको पैसा नेता र सुन तस्करको पैसा हो ।’ उनले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादी निकट तिब्बतीले लगिरहेको बताए । अवैधरुपमा चीनमा रकम जाने र त्यताबाट सुन भारत जाने गरेको उनको दावी छ ।

उनले चैत १५ गते राजा फर्काउनका लागि जनविद्रोह थालिने दावी गरे। प्रहरीले करिब २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी अवैध मुद्रासहितको ट्रक र चालकलाई नियन्त्रणमा लिई हिजो पत्रकार सम्मेलन गरेको थियो । उक्त रकम कसको हो ? र कुन प्रयोजनका लागि लगिँदै थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७