आज झन महँगियो सुनचाँदी, तोलाको कति पुग्यो ?


२०८१ फाल्गुण ७ बुधबार १०:१३ बजे

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य झन बढेको छ । हिजो तोलामा सात सय रुपैंयाँ बढेको सुनुको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको आज तोलाको १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । 

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७