कुलेखानी–हुमाने हुँदै काठमाडौं निस्किने सडक अनिश्चितकालका लागि बन्द


२०८१ फाल्गुण २ शुक्रबार ११:२९ बजे

मकवानपुर । काठमाडौं–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् । काठमाडौंबाट हेटौँडा निस्कने छोटो दूरीको यो सडक स्तरोन्नतीको लागि भन्दै पटक पटक बन्द गरिँदै आइएको छ । यसअघि यो सडकको विकल्पको रुपमा रहेको हेटौँडा कुलेखानी सिस्नेरी फर्पिङ सडक पनि स्तरोन्नतीको लागि बन्द गरिएको थियो ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७