कांग्रेसको भूमि व्यवस्था विभागमा देउवाले गरे १० सदस्य मनोनीत


२०८१ माघ १९ शनिबार १३:२७ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोवास समन्वय विभागमा १० सदस्य मनोनीत गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागका सदस्य थप गरेका हुन् । 

पार्टीका केन्द्रीय सदस्य श्री नृपबहादुर वड प्रमुख रहेको उक्त विभागमा राजकुमार पाण्डे, ज्ञानबहादुर शाही, देवकीदेवी सिंह, कल्पना श्रेष्ठ, श्यामकृष्ण महर्जन मनोनीत भएका छन् । त्यस्तै, थपिएका अन्य सदस्यमा सरिता बीसी, विजयजंग बस्नेत, प्रेमबहादुर विक, सञ्जीव पुडासैनी र सपुतबहादुर कार्की रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७