निकुञ्जको आकाशमा हेलिकप्टर बन्द भयो भन्ने कुरा स्वीकार्य छैन : पर्यटनमन्त्री


२०८१ माघ ९ बुधबार १६:५९ बजे
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले हेलिकप्टर उडान गर्न दिने / नदिने बारेमा निर्णय लिन नसक्ने बताएका छन् । आज (मंगलबार) को सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सगरमाथा राष्ट्रिय निकुञ्जमाथि हेलिकप्टर उडाउन नदिने निर्णय राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले गरेको भन्दै यो गलत भएको बताए । 

उनले तल निकुञ्ज छ भनेर माथिबाट नउडाउने हो भने रारा, बर्दिया, शिवपुरी, चितवनको आकाशमा पनि नउडाउनु रु भन्दै प्रश्न गरेका छन् । उनले हेलिकप्टर उडानका कारण विद्यार्थी, जनावर, ध्वनी प्रदूषण र त्यहाँको जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नियमनलाई अझै प्रभावकारी बनाउने कुरामा भने राज्यले ध्यान दिने बताए ।

निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाका कर्मचारीहरू बसेर यो आकाशमा हेलिकप्टर चल्दैन भन्नु  नेपालको संविधान र कानुनको व्यवस्थाअनुसार गलत भएको बताए । सो विषयमा गृह मन्त्रालयले काम गरिरहेको र प्रमुख जिल्ला अधिकारीले पनि सर्वपक्षीय बैठक बसेर छलफल गरिरहेको जानकारी दिँदै आवश्यक परे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि निर्णय गर्ने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७