चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुरसहित प्रविधि प्रयोग गरी सुरक्षा सुदृढ


२०८२ चैत १० मंगलबार १०:०३ बजे

काठमाडौँ :  चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा सुदृढीकरणका लागि प्रविधि र तालिमप्राप्त कुकुरको परिचालन सुरु गरेको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार प्रशासनले लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन र संयुक्त अनुसन्धान सेल सञ्चालन गर्दै आएको छ। हाल चार तालिमप्राप्त कुकुर निकुञ्जको सुरक्षा कार्यमा प्रयोग भइरहेका छन्।

साथै, रियल टाइम मनिटरिङ, सिसीटिभी क्यामेरा, ड्रोन, भेइकल ट्र्याकिङ रेकर्ड सिस्टम जस्ता आधुनिक प्रविधि पनि सुरक्षा व्यवस्थामा प्रयोगमा आएको छ। पैदल, साइकल, हात्ती, डुङ्गा र सवारीसाधनबाट गस्ती गर्ने प्रचलन पनि जारी छ।

अविनास थापामगरका अनुसार प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता दिलाएको छ। यसबाट वन्यजन्तुको अखेटोपहार लिएर हिँडेका व्यक्तिसमेत नियन्त्रणमा ल्याउन सकिएको छ।

निकुञ्ज प्रशासनले युवा परिचालन समिति, नेपाली सेना र आफ्ना कर्मचारीको सहयोगमा वन्यजन्तु संरक्षण र चोरीसिकारी न्यूनीकरणमा ठूलो सफलता पाएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७