गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक महिला घाइते


०७:४८ बजे

मकवानपुर । गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक जना महिला घाइते भएकी छन् । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथर खोला नजिक रहेको लामेदार मध्यवर्ती सामुदायिक वनमा जंगली जनावर गैंडाको आक्रमणमा परी ७० वर्षीया दिलमाया स्याङतान घाइते भएकी हुन् ।

वनमा घाँस काटन तथा गोबर टिप्न गएकी वृद्धा महिलाला गैंडाले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते महिला चितवन जिल्ला राप्ती नगरपालिका–१, दुबिचौरकी हुन् । घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनास्थल मकवानपुर र चितवनको सीमाना हो ।

गैँडाको आक्रमणबाट हिजो मात्र एक महिलाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । जङ्गलबाट बस्ती प्रवेश गरेको गैँडाको रत्ननगर–१६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापाको मृत्यु भएको थियो ।  दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । गैंडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७