मकैबारीमा मृत गैँडा
खाग र खुर सुरक्षित राखिएको
काठमाडौँः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ ।
स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले राससलाई बताएका छन् ।
उनका अनुसार वयस्क गैँडा मरेको हो । खाग र खुर सुरक्षित राखिएको छ। शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
.gif)

.png)


