एसीसी यु–१९ एसिया कप : नेपाल श्रीलंकासँग पराजित


२०८१ मङ्सिर १४ शुक्रबार १२:५८ बजे

काठमाडौं । एसीसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा नेपाल पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट स्टेडियममा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभर २ बलमा अलआउट हुँदै १७८ रनमात्र बनाउन सक्यो। नेपालका लागि मयन यादवले ६१, आकाश त्रिपाठीले १९, उत्तम मगरले १७, नरेन साउदले १६, अर्जुन कुमालले १२, नरेन भट्टले १२ र सन्तोष यादवले ११ रन बनाए । बलिङतर्फ श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । श्रीलंकाका लागि सारुजन सनमुगन्थनले ६२, लक्भिन अवेसिंघेले ५०, कभिजा गमेगेले ३७ तथा भिमाथ दिन्सारा र दुलनिथ सिगेराले समान २४–२४ रन बनाए । 

बलिङतर्फ नेपालका सन्तोष यादवले ४ विकेट लिए । युएईमा आजदेखि सुरू भएको प्रतियोगितामा ८ देश सहभागी छन् । प्रतियोगिताको समूह ’ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ’बी’ मा नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । नेपालले समूह चरणको दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७