पर्वतको भवानी विद्यापीठलाई चिनियाँ सहयोगको ओइरो


२०:१९ बजे

पर्वत । पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठलाई चीन सरकारले विभिन्न सहयोग उपलब्ध गराउने भएको छ । नेपालका लागि राजदूत छन सोङले आज (शुक्रबार) दिउँसो उक्त विद्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहयोगको प्रतिबद्धताबारे जानकारी दिएका हुन् ।

राजदूतले चिनियाँ दूतावासको तर्फबाट विद्यालयमा तत्काल एक थान स्मार्ट स्क्रिन उपलब्ध गराउन लागिएको बताए ।त्यसैगरी उक्त विद्यालयका दुई जना विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर दिइने छ । चीन पुगेपछि सम्बन्धित विद्यार्थीले आफ्नो शैक्षिकस्तरसँगै चिनियाँ भाषाको राम्रो दखल राख्ने विश्वास उनले लिएका छन् । 

त्यसै गरी भवानी विद्यापीठका शिक्षक–शिक्षिकालाई पनि थप अध्ययन र अवलोकन भ्रमणको अवसर उपलब्ध गराइने राजदूतले आफ्नो सम्बोधनमा उल्लेख गरे । यसबाट उनीहरुको अध्यापन क्षमतामा वृद्धि हुने ठानिएको छ । त्यसैगरी विद्यालय हातामा खानेपानी शुद्धताको निम्ति दूतावासले गान्लु परियोजनाअन्तर्गत आवश्यक उपकरण उपलब्ध गराउने भएको छ ।

सात दशक पुरानो उक्त विद्यालयको सुविधा सम्पन्न भवन निर्माणमा समेत चीनले सहयोग गर्नसक्ने बताइएको छ । हाल १२ कक्षामा ४८६ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयका धेरै पूर्व विद्यार्थी नेपालको प्रशासनिक, राजनीतिक एवम् सुरक्षा क्षेत्रको उच्च तहमा पुगिसकेका छन्  । मुस्ताङको कोरोला नाकाको आधुनिकीकरण, कालीगण्डकी कोरिडर सडकको निर्माणमा समेत चीनले विशेष चासो राखेको छ । नजिकैको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७