बीपी राजमार्गमा बनाइएको डाइभर्सन वर्षाले क्षति, माम्ती र पिप्लेमा सवारी अवरुद्ध

पहिरो झरेपछि बेनी–जोमसोम सडक अवरुद्ध


०६:४४ बजे
फाइल फोटो

काभ्रे । असोजको दोस्रो साताको बाढीले बीपी राजमार्गको विभिन्न सडक खण्डमा क्षति पुर्‍याएपछि बनाइएको अस्थायी ट्रयाक र डाइभर्सनमा आज (सोमबार) को वर्षाले फेरि क्षति पुर्‍याएको छ । बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको रोशी गाउँपालिका–११ स्थित माम्ती र पिप्ले सडक खण्डमा बनाइएको अस्थायी डाइभर्सन आजको वर्षातले क्षति पुर्‍याएपछि सो सडक खण्डमा सवारी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक विकास तामाङका अनुसार सोमबार दिउँसो परेको पानीले अस्थायी डाइभर्सन आजको वर्षातले क्षति पुर्‍याएपछि अपरान्ह ४ः५० को समयदेखि राजमार्गमा सवारी अवरुद्ध भएको हो । जसले गर्दा बीपी राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनका चालकले सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

पहिरो झरेपछि बेनी–जोमसोम सडक अवरुद्ध
वर्षासँगै गएको पहिरोले बेनी–जोमसोम सडकको गलेश्वर–पोखरेबगर खण्डमा यातायात अवरुद्ध भएको छ । आज (सोमबार) दिउँसो ३ बजेदेखि ६.३० बजेसम्म लगातार परेको वर्षापछि रघुगंगा गाउँपालिका–२ बैसरी छेउ सिरुवारी र अन्नपूर्ण गाउँपालिका–६ घारको महभीरमा पहिरो झरेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘बेनी–जोमसोम सडकको बैसरी र महभीर दुई स्थानमा पहिरो झरेकोले साँझ ६.१५ बजेदेखि यातायात अवरुद्ध छ । यातायात खोल्ने प्रयास भइरहे पनि पहिरो झरिरहेको र सडक विभागसँग समन्वय भइरहेकोले तत्काल खुल्ने सम्भव भएको छैन,’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले भने, ‘राति भयो । पहिरो झरिरहेकोले रिस्क नमोल्नु उपयुक्त हुने देखिएकोले यात्रुलाई सुरक्षित स्थानमा फर्कन भनेका छौं ।’

बेनी–जोमसोम सडकको बैसरीमा वर्षा हुने बित्तिकै निरन्तर पहिरो खस्ने र यातायात अवरुद्ध हुने गरेको छ । महभीरमा भने गत साउनदेखि पहिरो खस्न थालेको हो । पहिरो सानो भएकोले ढुंगा खस्न रोकिएपछि र स्काभेटर उपलब्ध भए केही घण्टामै यातायात खुल्न सक्ने पनि प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७