बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन, धेरै भारतीय

१३३ जना भारतीय, ४७ अमेरिकी, ३४ अस्ट्रेलियाली, ३३ बेलायती, २४ क्यानाडेली, १९ मलेसियाली, ७ युक्रेनी र ६ दक्षिण अफ्रिकी पर्यटक सम्पर्कविहीन ।


२०८३ भदौ १० बुधबार २०:०९ बजे

काठमाडौं :  रसुवामा आएको भीषण बाढीपछि ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक छन्। उनीहरूमध्ये २०३ जना पुरुष र २०० जना महिला रहेको बोर्डले जनाएको छ।

बाढीपछि सम्पर्कविहीन हुने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। बोर्डका अनुसार १३३ जना भारतीय पर्यटक सम्पर्कविहीन छन्। त्यसैगरी ४७ जना अमेरिकी, ३४ जना अस्ट्रेलियाली, ३३ जना बेलायती, २४ जना क्यानाडेली, १९ जना मलेसियाली, ७ जना युक्रेनी र ६ जना दक्षिण अफ्रिकी पर्यटक सम्पर्कविहीन भएका छन्।

यस्तै, सिंगापुरका ६ जना, न्यूजिल्यान्ड र जापानका ५/५ जना, जर्मनीका ४ जना, फ्रान्सका ३ जना तथा स्पेनका २ जना पर्यटक सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीका कारण टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७